काठमाडौंमा पुनः एक साता निषेधाज्ञा थप्न सुझाव

काठमाडौं । कोरोना संक्रमण दर नघटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनुपर्ने सुझाव दिएको छ ।
अझै एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो ।
दुई सय बढी एक्टिभ केस भएका क्षेत्रमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने मापदण्डअनुसार चल्नुपर्ने मन्त्रालयले जनाएको् छ ।