अन्ध चाकडीवाजहरुले प्रशंसा र भजन मात्रै गाउँछन् र डुबाउँछन्ः नारायणकाजी श्रेष्ठ

हेटौडा न्युज
२२ भाद्र २०७७, सोमबार १३:२१
;

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ धेरै दिनपछि सामाजिक सञ्जालमा देखापरेका छन् । यो लामो मौनतलाई तोड्दै श्रेष्ठ सोमबार फेसबुकमा लामो स्टाटससहित आएका छन् ।

उनले लेखेका छन्–
आलोचनात्मक चेत भएका साँच्चैका हितैषी हरुले आफुले ठिक नदेखेको कुरा समयमै भन्छन् र गल्ति गर्न वा पतनबाट बचाउँछन् ,जवकी निहीत स्वार्थ केन्द्रित अन्ध चाकडीवाजहरुले प्रशंसा र भजन मात्रै गाउँछन् र डुवाउछन् । त्यसैले आलोचनात्मक चेत भएका मित्रहरुमा भर गरौं, स्वार्थी अन्ध प्रशंसकमा होइन।‬

बिचारसहितको विवेक भएकाहरु मुर्खले जस्तो सुर्याइँ नदेखाउन सक्छन् र निर्णय एवं कार्य गर्नुअघि संशयकारी जस्ता देखिन सक्छन् ।तर बिचार सहितका विवेकीहरु नै सुरा मुर्खहरुभन्दा भरपर्न लायक हुन्छन् ।‬

‪लोकतान्त्रिक पध्दति अन्तर्गत कार्यगर्दा केही प्रकृयागत ढिलाई हुन सक्छ । बिचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता चाहिन्छ लोकतन्त्रमा ।निरङ्कुश तानाशाही तन्त्र छलफलको झञ्झटबाट मुक्त र छिटो काम हुने ब्यबस्था लाग्न सक्छ । तर लोकतन्त्र नै उत्तम हुन्छ,निरङ्कुशतन्त्र होइन ।‬

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*