चट्याङ लागेर एक जनाको मृत्यु

विराटनगर । सुनसरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । देवानगन्ज गाउँपालिका २ का ३० वर्षीय सन्तकुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको हो ।
घरनजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई शनिबार अपराह्न ४ बजे चट्याङले लागेको थियो ।
चट्याङले लागेर बेहोस भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।