राष्ट्रियसभा सदस्यमा बामदेवलाई सिफारिस गर्ने नेकपाको निर्णय

हेटौडा न्युज
१८ भाद्र २०७७, बिहीबार १८:१२
;

काठमाडौ । नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने भएका छन् । राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने भएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बसेको पार्टीको सचिवालय बैठकमा सो कुरा जानकारी गराएका हुन् ।

पार्टीको निर्णय अनुसार प्रधानमन्त्रीले उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभाको सदस्यमा सिफारिश हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*