पाठ्यभार घटाएरै पनि शैक्षिक सत्र पूरा हुन्छः मन्त्री पोखरेल

हेटौडा न्युज
१७ भाद्र २०७७, बुधबार १७:२७
;

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक सत्र खेर जान नदिनेगरी कार्यातालिका बनाइने बताएका छन् । उनले कुनै पनि तहको शैक्षिक सत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका हुन् ।

बुधबार भएको एक भर्चुअल अन्तक्र्रियामा उनले कोरोना संक्रमणका कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिक सत्र पूरा गर्ने बताएका हुन् ।

वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्कन र परीक्षाको अभिन्न अङ्ग बनाउने धारणा राख्दै उनले वैकल्पिक सिकाइका लागि सरकारअन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी गरेको उनले बताए ।

विद्यार्थी नेताले वैकल्पिक सिकाइको पुनरावलोकन गरी थप प्रभावकारी बनाइनुपर्ने, शैक्षिकसत्रलाई जोगाउनुपर्ने, अवरुद्ध परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गरिनुपर्ने, कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनुपर्नेलगायत विषयमा मन्त्री पोखरेललाई ध्यानाकर्षण गराए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*