ट्रेन्डिङमा कोरियाली ब्यान्ड ब्ल्याक पिंक र सेलेना गोमेजको ‘आइसक्रिम’
काठमाडौं । यतिबेला युट्युबको ट्रेन्डिङमा दक्षिण कोरियाली ब्यान्ड ब्ल्याकपिंक र चर्चित अमेरिकी पप गायिका सेलेना गोमेजको सहकार्यमा आइसक्रिम गीत तयार भएको छ ।
शुक्रबार सार्वजनिक आइसक्रिम म्युजिक भिडिओ सोमबार युट्युब ट्रेन्डिङको स्थानमा छ ।
कोरियाली पप संस्कृतिबारे लेख्ने एक वेबसाइट सोम्पीका अनुसार यो भिडिओले तीन घन्टा कम समयमै आफ्नै पुरानो रेकर्ड तोडेको छ ।
यसअघि जुन महिनामा ब्ल्याकपिंकको हाउ यु लाइक ड्याट ले प्रिमियर समयमा धेरै भ्युज पाएर नयाँ रेकर्ड बनाएको थियो।
ब्ल्याकपिंक वाइजी मनोरञ्जनले बनाएको दक्षिण कोरियाली केटीहरूको ब्यान्ड हो। यसमा चार जना सदस्य (जिसू, जेनी, रोजी र लिसा) छन्।