यस्ता छन्, मन्त्रिपरिषद्का निर्णयहरु (सूचीसहित)
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न २२ निर्णय गरेको छ । सरकारका प्रवक्ता डा युवराज खतिवडाका अनुसार सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र जारी गर्ने कार्य पुनः सुचारू गर्ने निर्णय गरेको छ ।
गत मंगलरबार बसेको मन्त्रीपरिषदको बैठकले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई वैदेशिक अध्ययन अनुमतिपत्र जारी गर्ने कार्य पुनः सुचारू गर्ने निर्णय गरेको खतिवडाले जानकारी दिएका छन् ।
उक्त निर्णयले करिब ३५ हजार नेपाली विद्यार्थी लाभान्वित हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
उक्त बैठकले सर्लाही जिल्लाको एकादशी खोलामा निर्माण भइरहेको पुलको एप्रोच सडक (पहुँच मार्ग) मा पर्ने एघार घर टहराहरुलाई मुआब्जा तथा क्षतिपूर्ति दिने र सम्बन्धित डिभिजन प्रमुखलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृत प्रदान गरेको छ ।
यस्ता छन् निर्णयहरुः