भेन्टिलेटर र आईसीयु खरीद गर्न प्रदेशलाई दुई–दुई करोड

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १६:१०
;

काठमाडौं । संघीय सरकारले प्रत्येक प्रदेशमा भेन्टिलेटर र आईसीयु खरीदका लागि २–२ करोड रुपैया निकासा गरेको छ । सरकारले ४ वटा भेन्टिलेटर र १० आईसीयू खरीदका लागि २–२ करोड रुपैयाँ निकासा गरेको हो ।

मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुंअल बैठकमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भइसकेको जानकारी दिएका हुन् ।

उनले कोरोना संक्रमणको बढि जोखिम भएका जिल्लाका लागि सरकारले एमडी र एमएस पास गरेका चिकित्सक खटाएको पनि जानकारी दिए । प्रदेश २ मा मात्रै २३ जना स्वास्थ्यकर्मी पठाएको प्रमुख विशेषज्ञ पोखरेलले बताए ।

उनका अनुसार वीरगञजको नारायणी अस्पतालमा ११ जना गइसकेका छन् भने गौर अस्पताल र जनकपुरमा जाने क्रममा रहेका छन् ।

पोखरेलले एक साताभित्रै काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङमार्फत् ४० देखि ५० हजार स्वाब परीक्षणको तयारी सरकारले गरिरहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*