कार्यदलको प्रतिवेदनमाथि ओली–प्रचण्डबीच छलफल

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १२:३३
;

काठमाडौँ  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल शुरु भएको छ ।

पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि नेकपा अध्यक्षद्वयबीच बालुृवाटारमा छलफल भएको हो ।

कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल गर्न ओली–दाहालबीच भेटवार्ता शुरू भएको हो ।

शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि व्यवहारिक कार्यान्वयनका विषयमा अध्यक्षद्वयबीच भेटवार्ता भइरहेको छ ।

विवाद समाधानका लागि साउन ३० गते ओली र दाहालको सहमतिमा कार्यदल गठन भएको थियो ।

प्रतिवेदनमा ओलीले प्रतिनिधिसभाको कार्यकाल अवधिभर सरकार सञ्चालन गर्ने र दाहालले पार्टी सञ्चालनमा केन्द्रीत हुने उल्लेख गरिएको छ ।

ओली र दाहालले छलफल गरेर प्रतिवेदन सचिवालय हुँदै स्थायी समितिबाट पारित गरेर कार्यान्वयनमा लगिने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*