यात्रामा भेटिएको मेरो साथी

मकवानपुर । फागु्नको महिना, हाम्रो कलेजको टुर थियो । टुरको पहिलो दिन धरान थियो । हामी त्यहाँ धरानमा भएको हाम्रो कलेज घुम्न गयौं । कलेजसंगै रहेको बुढासुब्बा मन्दिर नपसी त्यसै छोडेर फकिने कुरा पनि भएन । मन्दिर पसेर दर्शन गयौं । मन्दिरबाट फर्कर्ने क्रममा बाटोमा मैले मेरो साथीलाई भेटे । उ सग मेरो कुराकानी त पहिलै नै भएको थियो तर भेट भने हुन सकेको थिएन ।
हाम्रो पहिलो भेट थियो त्यो । बाटो छेउमा रहेको चिया पसलमा पस्यौं हामी । पहिलो भेट मनमा अनेक प्रश्नहरु त थिए नै । प्रश्नसंगै अनौठो महशुस पनि थियो । लगभग दुई घन्टा जति कुराकानी गरेपछि हामी त्यहाबाट अरु साथिहरु भएको ठाँउमा गयौं ।
साथिहरुसंगै म आफ्नो होटेलतर्फ लागे । होटलतर्फ जादैं गर्दा मनमा अनेक कुराहरु खेल्न थाले । लाग्यो त्यस ठाउँमा मेरो केहि समान छुटे झै महशुस भइरहेको थियो । खै किन हो त्यहाबाट जानु पर्दा अनौठो लागिरहेको थियो । नयाँ ठाउँ अनि लामो समय पछिको भेट मन चञ्चल भइनै रहेको थियो । यस्तै कुरा मनमा खेलाउदै होटल पुगेको पत्तो भएन मलाई ।
भोलिपल्ट हामी धरान छोडेर जानु पर्ने थियो । मन नहुदाँ नहुँदै बाध्यता पनि थियो । समयको कसैलाई पर्खिदैन भन्ने कुराको प्रत्यक्ष अनुभव गर्दै थिए म । विहान आफ्नो दैनिक काम सकेर धरान छोड्न सबै साथिहरुसंग गाडी चढें । गाडीभरी उसैको सम्झना आइरहेको थियो ।
त्यो नयाँ ठाउँ अनि उ संगको भेट निकै छोटो लाग्दै थियो मलाई । हैर भेट छोटो भए पनि सम्झना सारै मिठो थियो । साथिहरुको मुखबाट उसको नाम सुन्दा पनि मख्ख पर्ने भएकी थिए म ।
गन्तब्य इलाम बोकेर यात्रा चलिरहेको थियो हाम्रो । धरानबाट इटहरी, बिर्तामोड, चारआलि हुँदै हामी हाम्रो गन्तब्य इलाम पुगैं । त्यो दिनको बासको ब्यवःथा इलामनै गरेका थियौं । इलामको चिसो मौसम अनि सन्दर चियाबगान मनै लोभ्याउने दृष्य लाग्यो पुरा जीवन यहि विताइदिऊ । इलाम घुमेर अर्को दिन हामी अर्को ठाउँ जाने तयारीमा थियौं ।
बिहानको खाजा खाादै गर्दा मेरो मोबाईलमा घण्टी बज्यो । नयाँ नम्बर रहेछ । नचिनेको नम्बर भएर, को होला ? घरबाट त पकै हैन भन्ने मनमा लाग्यो । यी सब कुरा सोच्दै फोन उठाए ।
उताबाट आवाज आयो पहिलो शब्द चिन्यौ ? सुन्दा अचम्म लाग्यो तर मनमा उत्सुक्ता अनि मुहरमा मुस्कान । उहि रहेछ । जसलाई हरेक समय सम्झिरहेको थिए । त्यस दिन केहि समय कुरा गरेर फोन राखे । त्यस दिन देखि हाम्रो कुराकानी दिनदिनै हुन थाल्यो । दैनिक यसरी नै चलीरहेको थियो हाम्रो सम्बन्ध । कुनै दिन उसको मेसेज नआउदा रातभर अनीदो नै बस्ने बानी परेको थियो मलाई । फोन, मेसेज नआउदा रातभर जागा बस्ने म झन जिन्दगीमा नहुदा कति फरक पर्छ होला कल्पना सम्म पनि गर्न सक्दैन थिए ।
त्यसरी नै हाम्रो १० दिनको भ्रमण सकेर म घर फर्किए । दैनिकी पहिले जसरी चलिरहेको थियो । उसको फोन मेसेजको पर्खाईले लाग्थ्यो उसको र मेरो सोचाइमा धेरै फरक छ । कहिले काहि त रीस उठ्थ्यो । कुरा नमिल्दा रिस नि उठ्थ्यो । कहिले मुस्कान भन्दा विशेष हुन्छ रिस किनकी मुस्कान सबैको लागि हुन्छ रिस उसको लागि हुन्छ जसलाई गुमाउने डर हुन्छ । मलाई पनि उस्तै भएको थियो उसलाई गुमाउन चाहाना थिएन मलाई ।
भेट्दा ओए भन्ने भन्दा नभेटदा खोइ भन्ने साथि धेरै खास हुन्छ रे । हाम्रो सम्बन्ध नि त्यस्तै थियो । एकचोटीको छोटो भेटले हाम्रो सम्बन्धलाई गाढा बनाइ दिएको थियो ।
समयसंगै मेरो जिन्दगीमा धेरै उतार चढाव आए । कुनै त्यस्तो समय थियो म पुरै भित्रबाट नै टुक्रिएको थिए । त्यतिबेला मलाई सम्हाल्ने कोहि थिएनन् । भन्छन नि जो साथी दुखमा नि साथ दिन्छ त्यही असल साथी हो भनेर । त्यो बेला देखि बाबाआमा पछीको बिश्वास गर्न सक्ने भनेको मेरो उहि साथी थियो ।
हरेक दिन उसको फोन र मेसेजको पर्खाइ नै मेरो दिनचर्या बनेको थियो । लाग्थ्यो आज त फोन आउँछ । हरेक दिन कुर्नुको विकल्प थिएन मसंग ।
समय बित्दै गयो । न उसको फोन आयो न मेसेज । केही समय पछी मेरो साथी म बाट टाढा हुँदै गएको महसुस गर्न थाले । उसंग पहिलाको जस्तो कुराकानी पनि हुन छाडिसकेको थियो । मलाई उसंग दुुरी बनाएर बस्नु थिएन । उ मबाट टाढा गएको मलाई पटकै मन परेको थिएन । अनेक प्रश्नहरुको जंजालमा घेरीएको थिए म । यो सबै देखेर मलाई मन–मनै गाहे अनुभव लाग्न थालिसकेको थियो ।
सबैलाई भुलेर मैले उसैलाई मात्र सम्जिदा उसले मलाई भुलेर अरुलाइ सम्झदै थिए म । बेला–बेलामा उसले भने गथ्र्याे मलाई बुझ्न गाह्रो छ भनेर । तर मैले सोच्थे राम्रो मान्छे र राम्रो किताबलाइ बुज्न टाईम लाग्छ भनेर । त्यो दिन देखि लाग्न लाग्यो उसलाई बुज्न साँचै गाहे रहेछ ।
त्यो बेला म भित्रैबाट टुटिसकेको थिए । आमाबाबाको अगाडि अफुलाई बाहिरबाट जति हासी खुशी देखाउन खोजे नि म भित्रबाट खुशी थिइन । मलाई एकान्त मन पर्न थालेको थियो । हरेक समयमा म एक्लै बस्ने बानी नै लागिसकेको थियो मलाई ।
त्येति बेला उसले मलाई उसको महत्व बुझायो । उ नहँुदा म कति अधुरो छु भन्ने आभाष त्यस केला भएको थियो । यी घटनाहरुले मलाई धेरै कुरा सिकायो । उसले एक असल साथि कस्तो हो भन्ने सिकायो । साथीहरुको आत्मियता उसैले सिकाएको थियो । केहि गर्नु पर्छ भनेर सिकायो । हरेका पाइलामा एउटा नयाा पाठ सिकायो । सिधा–सिधा भन्ने हो भने उसले मलाई जिवनको महत्व सिकायो ।
उसले मसंग जे कारणले बोल्न छोडेको थियो त्यसको मलाई कुनै पनि रिस छैन । उसको मिठो त्यो यादहरु र उसलाई मैले गरेको सम्मान र माया सधै भरि हुनेछ ।
लेखकः मञ्जु क्षेत्री (नेशनल कलेज अफ फुड साइन्स एण्ड टेक्नोलोजीमा खाद्य प्रविधि विषयमा स्नातक तह चौथो वर्षमा अध्ययनरतमा छिन् ।)