ग्यारेण्टीका साथ भन्छु देउवालाई हराउने व्यक्ति म बाहेक अरु छैनः शशंका

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई पराजित गर्न सक्ने दाबी गरेका छन् ।
आसन्न १४ औं महाधिवेशनमा देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दाबी सभापतिमा रहेको उनले बताए ।
उनले भने ‘व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरुले पनि सक्दैन’ उनले भने, ‘ग्यारेण्टीका साथ भन्छु शेरबहादुरजीलाई हराउने व्यक्ति म बाहेक अरु छैन ।’