थप एक जना कोरोना संक्रमितको मृत्यु
विराटनगर । थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको थियो ।संक्रमण पुष्टि भएपछि उनलाई कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको तर राति ११ वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ ।