उपभोग्य सामग्रीमा बढी मूल्य लिएको मञ्चको आरोप

मकवानपुर । पछिल्लो समय कोरोना संक्रमणका कारण भएको निषेधाज्ञामा दैनिक उपभोग्य सामग्रीमा व्यवसायीहरुबाट ठगी भएको आरोप लगाउँदै उपभोक्ता मञ्च नेपालले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ ।
मञ्चको मकवानपुर जिल्ला अध्यक्ष कुमार पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा हालको विषम परिस्थितिको फाईदा उठाउँदै चर्को मूल्य वृद्धि गरेकाले बजार अनुगमन गर्न सम्बन्धित निकायलाई अनुगमनका लागि आग्रह गरिएको छ । मञ्चले दैनिक उपभोग्य खाद्यान्न, तरकारी, औषधि, स्यानिटाईजर जस्ता सामग्रीमा वास्तविक मूल्य भन्दा बढी लिएर सर्वसाधारणलाई ठगी गरेको उल्लेख गरेको छ ।
मञ्चले विज्ञप्ति मार्फत जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण निर्देशनालय लगायतका नियमककारी निकायलाई तत्काल बजार अनुगमन गर्न माग समेत गरेको छ ।

मञ्चले जारी गरेको विज्ञप्ति ।