बैंकका कर्मचारीलाई नरोक्नुः गृह मन्त्रालय

काठमाडौं । बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई काममा जाँदा नरोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
विहिबार मन्त्रालयले विज्ञप्ती जारी गर्दै उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाकाबीच आधारभूत बैंकिङ सेवाका लागि नेपाल राष्ट्र बैंकबाट ईजाजत पत्र प्राप्त बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई नरोक्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।
बिहीबार काठमाडौं उपत्यकामा प्रहरीले बैंकका कर्मचारीहरुलाई कार्यालय जाने क्रममा रोकेपछि नेपाल बैंकर्स संघले बैंकका शाखा नखोल्न निर्देशन दिएको थियो ।