सम्पुर्ण नेपाल दुई वर्षमा उज्यालो हुन्छः उर्जा मन्त्री पुन

हेटौडा न्युज
१ भाद्र २०७७, सोमबार १७:३०
;

दुई वर्षमा सम्पुर्ण नेपाल उज्यालो बनाउने उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बताएका छन्। नेपाल विद्युत प्राधिकरणको ३५ औं वार्षिकोत्सवको अवसरमा उनले सम्पुर्ण नेपालीलाई विद्युतको पहुचमा पुर्याउने बताएका हुन् ।

उनले नेपालका १० प्रतिशत जनतामा अझै बिजुली पुग्न नसकेको बताउदै आगामी २ वर्ष भित्र सम्पुर्ण नेपाली जनताको घरमा उज्यालो पुर्याउने बताए ।

नेपालीको उज्यालो अभियानको नेतृत्व नेपाल विद्युत प्राधिकरणले गर्ने उनको भनाई छ।

अहिले जतिसम्म बिजुलीको पहुँच पुगेको छ, चाहे त्यो घरेलु ग्राहक होस् वा औद्योगिक ग्राहक त्यसमा उनीहरुलाई अहिले समस्या रहेको छैन। सरकारले त्यसको व्यवस्थापन गरिरहेको छ’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*