राप्रपा बैठक: चुनाव चिन्ह गाई कि हलो?

काठमाडौं । राप्रपाको सुझाव समितिको बैठक बसेको छ । कालिका टावर, बालुवाटार (राप्रपा नेता विक्रम पाण्डेको निजी कार्यालय)मा आज शनिबार बैठक बसेको हो ।
पार्टीको चुनाव चिन्ह गाई राख्ने कि हलो भन्नेबारे छलफल भएको बताईएको छ ।
शनिबार बसेको ६ नेताहरुको बैठकमा विक्रम पाण्डेले एकीकृत पार्टीको चुनाव चिन्ह हलो राख्नुपर्ने बताएका थिए भने अर्का नेता राजेन्द्र लिङदेनले गाई राख्नुपर्ने बताएका थिए ।
राप्रपाका तीन समूहवीच एकीकरण भएपछि पार्टीको चुनाव चिन्हको विषयमा टुंगो लाग्न सकेको छैन । चुवाव चिन्ह टुङ्गो नलाग्दा पार्टीले निर्वाचन आयोगमा आफ्नो दल दर्ता प्रक्रिया टुंगोमा पुर्याउन सकेको छैन ।
राप्रपा नेपाल र राप्रपावीच पार्टी एकता हुनुअघि राप्रपात्रय अध्यक्षले एकीकरणको आधारपत्रमा हस्ताक्षर गरेका थिए । सो आधारपत्रमा चुनावचिन्ह ६ महिनाभित्र टुंग्याउने उल्लेख छ । तर, ६ महिना बितिसक्दा पनि चुनावचिन्ह के हुने भन्ने टुंगो लागेको छैन ।
शनिबारको बैठक सकारात्मकरुपमा सम्पन्न भएको आइतबार पुन बस्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।