भागबण्डामै बन्यो नेकपाको विवाद समाधान कार्यदल

हेटौडा न्युज
३० श्रावण २०७७, शुक्रबार १४:५१
;

काठमाडौँ । नेकपाको आनतरीक विवाद मिलाउन गठन गरीएको कार्यदल नै भागबण्डामा भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको आन्तरीक विवाद समाधान गर्न गठन गरीएको कार्यदल नै भागबण्डाका आधारमा बनाइएको हो ।

आन्तरिक विवाद चुलिएसंगै फुटको संघारमा पुगेको नेकपाको विवाद समाधानका लागि शुक्रबार दुई अध्यक्ष प्रधान्मन्त्री केपी ओली र प्रचण्डबीचको सहमतिमा ६ सदस्यीय कार्यदल बनाउने सहमति जुटे पछि कार्यदल गठन गरीएको छ ।

गठित कार्यदलमा नेकपाभित्र शक्ति संघर्षमा फ्रन्टलाइनमा रहेका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका व्यक्तिहरुमा भागबण्डा गरीएको छ । कार्यदलमा ओली, प्रचण्ड र नेपाल पक्षबाट दुई–दुई जनाको प्रतिनिधित्व गराइएको छ ।

कार्यदलमा ओली पक्षबाट महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल, प्रचण्ड पक्षबाट जनार्दन शर्मा र पम्फा भुषाल र नेपाल समुहबाट नेता भीम रावल र सुरेन्द्र पाण्डे रहेका छन् ।

कार्यदलले आगामी चार दिनभित्र प्रस्ताव पेश गर्ने एक सदस्यले जानकारी दिए । उनका अनुसार समयसीमा नतोकिएपनि जतिसक्दो सहमतिको प्रतिवेदन तयार गर्न कार्यदल केन्द्रीत हुनेछ ।

कार्यदलले पार्टीभित्र उठेका विभिन्न विषयको एकीकृत सुझावसहितको प्रतिवेदन बुझाउने छ । जसमा विचारदेखि महाधिवेशन लगायतका विषय समेटिने छन् । नेकपामा जनताको बहुदलीय जनवाद की जनताको जनवाद मान्ने भन्ने विवाद छ ।

त्यस्तै महाधिवेशन मंसिरमा कि चैतमा भन्ने पनि विवाद छ । त्यस्तै सहमतिबाट आगामी महाधिवेसनमा नेतृत्व चयन, अहिलेसम्म सरकार तथा पार्टीबाट भएको गल्ती कमजोरी सच्चाउने, आत्मालोचना गर्ने, आगामी दिनमा पार्टी निर्णयबमोजिम राजनीतिक नियुक्ति गर्ने, हालका केही मन्त्री मुख्यमन्त्रीहरु फेरवदल गर्ने लगायतका विषयमा नेकपामा छलफलको विषय बनेको छ ।

त्यस्तै आगामी पुरै कार्यकाल ओलीले सरकारको नेतृत्व र प्रचण्डले पार्टीको पुरै नेतृत्व गर्ने भन्ने लगभग सहमति भैसकेको छ ।

नेकपामा पार्टी विधानविपरित सरकार र पार्टी सञ्चालन भएको भन्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको चर्को विरोध हुँदै आएको थियो । त्यसक्रममा ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने भन्दै प्रचण्ड र नेपाल पक्षले चर्को दबाब दिँदै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*