ओलीसंगको छलफल लगत्तै प्रचण्ड–नेपाल समूहको भेला

हेटौडा न्युज
२९ श्रावण २०७७, बिहीबार १६:२५
;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसंग बालुवाटारमा छलफल लगतै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफु निकट केन्द्रीय सदस्यहरूको भेला गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीचको छलफल सकिएलगत्तै प्रचण्ड–नेपाल समूहको प्रदेशस्तरीय केन्द्रीय सदस्यहरूको भेला काठमाडौंमा भएको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग छलफल सकिएलगत्तै प्रचण्ड–नेपाल समूहले बिहीबार (आज) थापागाउँस्थित एक कलेजमा अपराह्न ४ बजेबाट ५ नम्बर प्रदेशका केन्द्रीय सदस्यहरूको भेला गरेको हो ।

प्रचण्ड–नेपाल समूहले बुधबार गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूको भेला गरेको थियो भने केही दिनअघि सोही स्थानमा प्रचण्ड–नेपाल समूहका २ नम्बर प्रदेशका केन्द्रीय सदस्यहरूको भेला सम्पन्न भएको थियो ।

भेलालाई अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*