अब औषधि र भेन्टिलेटर खोइ भनेर गीत घन्काइन्छ: मन्त्री ढकाल

हेटौडा न्युज
२७ श्रावण २०७७, मंगलवार १२:४३
;

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको विरोध गर्नेहरुले अब कारोनाको औषधि र भन्टिलेटर नभएको भन्दै विरोध गर्न थाल्ने बताएका छन् । मन्त्री ढकालले केही समय अघि पिपिई पिसिआर किट भएन भनेर विरोध गर्नेहरुले अब औषधि र भेन्टिलेटर भएन भनेर सरकारविरुद्ध लाग्ने बताएका हुन् ।

परोपकार प्रसुती गृह थापाथलीको ६१ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री ढकालले सरकारको विरुद्धमा अनावश्यक विषयवस्तु उचालेर भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।

उनले भने “हिजो पीपीई भएन भनेर गीत गाइयो, पीपीई पर्याप्त भयो अनि पिसिआर भएन भनेर अर्को गीत बनाइयो, मलाई थाहा छ, अब औषधि खोइ भेन्टिलेटर खोइ भनेर गीत बनाएर घन्काइन्छ।”

यस्तै मन्त्री ढकालले पिसिआर कम भयो कि भन्ने गुनासो धेरै आए पनि त्यस्तो नभएको बताए।

उनले कोभिड—१९ लाई राजनीतिक प्रतिशोधको विषय बनाएको भन्दै आफ्नै पार्टीका नेताहरुप्रति असन्तुष्टी प्रकट गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*