कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ७९ पुग्यो
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका दुई जना, बाँकेका एकजना र पर्साका एकजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
बाँकेका कोहलपुर नगरपालिका –२ बस्ने ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
त्यस्तै पर्साको बेदियानी गाउँपालिका–१५ बस्ने ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी कोभिड अस्थायी अस्पतालमा निधन भएको हा ।
काठमाडौं महानगरपालिका मध्य बानेश्वर बस्ने ७६ वर्षीय पुरुषको साउन २६ गते मेडिकेयर अस्पतालमा निधन भएको हो ।
काठमाडौंको कीर्तिपुर नगरपालिका ट्यांलाफाँट बस्ने ७७ वर्षीय पुरुषको साउन २६ गते मृत्यु भएको हो ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।