विप्लव समूहका जिल्ला सेक्रेटरीसहित ३ जना पक्राउ
सुर्खेत । नेत्र विक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरीसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जुम्ला जिल्ला सचिव रहेका मुगु सोरु गाउँपालिका–६ का ३७ वर्षीय राजबहादुर भाम, जुम्ला हिमा गाउँपालिका–७, धाचुका २९ वर्षीया नन्द तिरुवा र हिमा गाउँपालिकाकाकी १६ वर्षीया सपना बुढा रहेका छन् ।
जुम्लाको तिला गाउँपालिका–७, घोडेगाउँबाट उनीहरू जिल्ला प्रहरी कार्यालय जुम्लाले गरेको हो ।
स्थानीय जनप्रतिनिधिहरू तथा ठेकेदारलाई धम्क्याउँदै चन्दा माग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।