सरकारलाई नागरिकले टेरेनन्: प्रधानमन्त्री ओली

काठमाडौं । सरकारलाई नागरिकले नै नटेरेको प्रधानमन्त्री केपी ओलीले गुनासो गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि विज्ञ र विपक्षी दलका नेताहरुसँग सुझाव लिनेक्रममा प्रधानमन्त्री ओलीले नागरीकले सरकारलाई नटेरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारको प्रयासले मात्रै कोरोनालाई परास्त गर्न नसकिने तथ्य बुझ्न नागरीकहरुमा आग्रहसमेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले सरकारले जारी गरेका हरेक निर्देशनहरु नागरीकले बेवास्ता गरेको गुनासो गरेका छन् । सरकारले २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन दिएको निर्देशन पनि नागरिकले नै बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले महामारी नियन्त्रण गर्न सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा जति बढी चेतना बढाउन सकिन्छ, कोरोनासँग लड्न पनि त्यति नै सहज हुने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘सरकारले भनेको नमानी हाम्रै साथिहरु कहिले स्थायी समिति बैठकको कुरा त कहिले केन्द्रीय समिति अनि केही महाधिवेशन गरौँ भन्छन् । यस्तो अवस्थामा भिडभाड गर्न नहुनेमा हामी आफैबाट भिडभाड भइरहेको छ । यसलाई हामीले गम्भीर रुपमा लिएर छलफल गर्दैछौँ ।’