दुई साता लकडाउन गर्न विज्ञको सुझाव

काठमाडौं । प्रधानमनत्री केपि शर्मा ओलीलाई पुनः २ साता लकडाउन गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै पुनः २ साता लकडाउन गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका छन्।
विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको छलफलमा सहभागी एक नेताले बताए ।
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारले सुझाव लिनेमात्रै नभइ काम पनि गर्नुपर्ने धारणा राखेका थिए ।
प्रतिपक्षी दलका तर्फबाट देउवाले सुझाव दिएर बाहिरिएको भएपनि विज्ञहरुसँगको छलफल अझै जारी छ।