मालपोतका कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय सिल
उदयपुर । उदयपुरमा मालपोत कार्यालयका एक कर्मचारीलाई कोरोना संक्रणमको पुष्टि भएको छ । ३४ वर्षीय एक पुरुष कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय शिल गरिएको छ ।
अर्को सूचना नआएसम्मको लागि मालपोत कार्यालयबाट कुनै पनि सेवा सुविधा उपलब्ध नगराउने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।
प्रजिअ पाण्डेले सङ्क्रमित व्यक्तिसँगको सम्पर्कमा आएका व्यक्तिहरु सबैको तत्काल कन्ट्रयाक ट्रेसिङको काम सुरु गरिने बताएm ।
योसँगै जिल्लामा संक्रमितको संख्या ८८ जना पुगेको छ। त्यसमध्ये २२ जना महिला र ६६ जना पुरुष रहेको सुवेदीले बताए ।