कार्यालय प्रमुखसँग करार, काम नभए कार्वाही पनि हुने

हेटौडा न्युज
१४ श्रावण २०७७, बुधबार १६:२९
;

मकवानपुर । बागमती प्रदेश सरकारले समयमा काम गर्न सम्बन्धित कार्यालयहरुलाई करार गराउँदै आएको छ । कार्य सम्पादन सफल गराउने उद्देश्यले भौतिक पूर्वाधार विकास मन्त्रालयले आफ्नो मातहतका ४५ कार्यालय प्रमुखलाई आगामी आर्थिक बर्षको लागि कार्य सम्पादन करार गराएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलको उपस्थितिमा मन्त्रालयका सचिव तेजराज भट्टले सबै कार्यालय प्रमुखलाई करार गराएका थिए ।

करार कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले प्रदेश सरकारको नीति तथा योजना सफल बनाउन आज गरिएको करार कार्यान्वयन गर्न सबै कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

मन्त्रालयका सचिव भट्टले करार कार्यान्वयन नगरे कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कनको नम्बरमा असर पार्ने र करार कमोजिमको समयमा काम गर्न नसके अवस्था हेरी कार्वाही समेत गरिने बताएका छन् ।

मन्त्रालयमा गरिएको करार कार्यक्रममा मातहतका कार्यालय प्रमुखहरुले गत आर्थिक बर्षमा गरिएको कामको प्रगति विवरण प्रस्तुत पनि गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*