नेपालमा भ्रष्टाचारको केन्द्र राजनीति क्षेत्र हो : जनादर्न शर्मा

हेटौडा न्युज
११ श्रावण २०७७, आईतवार १६:००
;

काठमाडौं । नेकपाका नेता जनादर्न शर्मा प्रभाकरले नेपालमा भ्रष्टाचारको केन्द्र राजनीति क्षेत्र भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा पूर्वमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शर्माले भ्रष्टाचारको केन्द्र राजनीतिक क्षेत्र नै भएको बताएका हुन् ।

पावर सेन्टरहरुमा हेर्ने हो भने भ्रष्टाचार कति छ भन्ने थाहा हुने उनले बताए ।

उनले भने, ‘जहाँ पावर छ, त्यही भ्रष्टाचारको केन्द्र हो ।’ ‘हाम्रा राज्यका शक्ति केन्द्रहरु हरौं, त्यही भ्रष्टाचार छ । नाम किन लिनुपर्‍यो, म, म भने भइहाल्यो । मैले भन्ने के हो भने राजनीतिक क्षेत्र नै भ्रष्टाचारको केन्द्र हो ।’

अख्तियारमा राजनीतिक भागवण्डाका आधारमा नियुक्त हुँदा पनि समस्या भएको उनले बताए । तुलनात्मक रुपमा अहिलेभन्दा स्वतन्त्र अख्तियार बनाउनुका साथै जनताको मदत लिएर मात्र अख्तियार नियन्त्रण गर्न सकिने शर्माले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*