ओलीसँग ‘वान अन वान’ वार्तामा दाहाल

काठमाडौं । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘वान अन वान’ बार्तामा बसेका छन्।
११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक दुई घण्टा स्थगित गरेर साढे १२ बजेतिर दाहाल बालुवाटार पुगेका थिए ।
एक स्थायी कमिटी नेताका अनुसार अहिलेसम्म बैठक बस्नेबारे कुनै निश्चित हुन नसकेको बताए ।
असार १० गते बाट शुरु स्थायी कमिटी बैठक १६ असार देखि पटक पटक स्थागीत हुँदै आईरहेको छ ।