नेकपाको बैठक ३ बजे सम्मका लागि स्थगित

हेटौडा न्युज
२ श्रावण २०७७, शुक्रबार ११:२६
;

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरि स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो ।  असार १८ गतेदेखि पटकपटक स्थगित हुँदै आएको बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

तर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ११ बजे बस्ने भनिएको बैठक ३ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*