बागमती प्रदेश सभा बैठक सर्यो

मकवानपुर । बागमती प्रदेशको प्रदेश सभा बैठक साउन २ गते बस्ने गरी सरेको छ । प्रदेश सभा सचिवालयका अनुसार असार २९ गते बस्ने भनिएको प्रदेश सभा साउन २ गतेका लागि बैठक सरेको हो ।
असार २९ गते दिउँसो २ बजे बस्ने भनिएको प्रदेश सभा बैठक विशेष कारणले साउन २ गतेको लागि सारिएको प्रदेश सभाका प्रवक्ता विनोद अमात्यले जानकारी दिएका छन् ।
गत असार १९ गते आगामी आर्थिक वर्ष ०७७र७८ को लागि वार्षिक बजेट र आर्थिक विधेयक पारित गरिसकेपछि प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका थिए ।