हेटौंडामा पार्टी एकताको लागि प्रर्दशनसहित ज्ञापन पत्र

मकवानपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले आज हेटौंडा–५ मा रहेको पार्टी कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका छन् । पछिल्लो समय नेकपा भित्र भइरहेको राजनितीले पार्टीलाई कमजोर बनाएको ठहर गर्दै पार्टी एकताको लागि दवाव स्वरुप ज्ञापन पत्र बुझाएको हो ।
नेकपाका कार्यकर्ता तथा दलका शुभचिन्तकहरुले पार्टी एकताका लागि दवाव अभियान मकवानपुर नामक समुहले नेकपा मकवानपुर मार्फत पार्टीको केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । पार्टी एकतालाई मजबुत बनाउँदै नेकपालाई थप शसक्त बनाउनुपर्ने भन्दै अभियानले पार्टी सचिव प्रेमबहादुर पुलामी मार्फत केन्द्रीय सदस्य कुमारी मोक्तानलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनत्रपमा पछिल्लो समयमा पार्टी नेतृत्वमा देखिएको मनमुटावका कारण कार्यकर्ताहरुमा निरासा पैदा भएकोले पार्टी सिद्धान्त र सस्थागत ढंगबाट चल्नुपर्ने उनिहरुको माग छ ।
उनीहरुले ‘फुटवादीहरु होसियार’, ‘व्यक्ति होइन निति प्रधान पाटी निर्माण गरौ’, ‘पाटी बैठकमा मन माझामाझ गर ,बाहिरको तमासा बन्द गर’ जस्ता नारा लगाएका थिए ।
ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका केन्द्रीय सदस्य किशोरकुमार टंडनले पार्टीको नेतृत्वमा देखिएको तिक्तताले आम युवा विद्यार्थीमा असर परेको भन्दै पार्टी एकढिक्का भएर जानुपर्ने बताए । नेकपाको नेतृत्वले युवा विद्यार्थीको मनोविज्ञान बुझेर पार्टीलाई एकढिक्का बढाउनुपर्ने उनको भनाई रहेको छ ।
ज्ञापनपत्र ग्रहण गरेपछि प्रतिक्रिया दिँदै सचिव पुलामीले युवा विद्यार्थीको माग अनुसार पार्टीलाई थप एकतावद्ध बनाएर लैजानको लागि नेतृत्व गम्भिर बन्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य कुमारी मोक्तानले युवा विद्यार्थीको मागलाई केन्द्रीय कार्यलयसम्म लैजाने प्रतिबद्धता ब्यक्त गरिन् ।
ज्ञापनपत्र बुझाउनु अघि अभियानले पार्टी कार्यलय परिसरमा प्लेकार्ड सहित केहिबेर प्रर्दशन गरेको थियो ।