नेकपा स्थायी कमिटी बैठक २ दिनका लागि स्थगित

हेटौडा न्युज
१३ असार २०७७, शनिबार १७:५१
;

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा २ दिनका लागि स्थगित भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठक दुई दिन(असार–१६ गते सम्म) को लागि स्थगित गरिएको जानकारी दिएका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा सीमा अथिक्रमणका विषयमा छलफल भएको जनाइएको छ ।

बैठकमा नेकपाका २१ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।

अधिकांशले भारतले नेपाली भूमी आफ्नो नक्सामा सुरुमा राखेर समस्या व्युँत्याएको भन्दै यसको दीर्घकालीन समाधान कुटनीतिक तवरवाट खोज्नु पर्नेमा जोड दिएका छन् । वार्ताका माध्यमबाटै नेपाली भूमीममा रहेको भारतीय सेनालाई फिर्ता पठाएर सार्वभौम नेपालको सन्देश तत्काल दिनसक्नु पर्नेमा उनीहरुको जोड छ ।

आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएर केही समयमै फर्किएका थिए ।

नेकपाको बैठक बिहीबारदेखि सुरु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*