सामाजिक विकासमा बागमती प्रदेशको बजेट यस्तोः

हेटौडा न्युज
२ असार २०७७, मंगलवार ११:२५
;

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को बार्षिक बजेट सार्वजनिक गरेको छ । हिजो सोमबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रदेश सभामा कुल ५१ अर्ब ४२ करोड ७४ ला ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेटमा सामाजिक विकास मन्त्रालय अन्तर्गतका विभिन्न महत्वपूर्ण कार्यक्रमहरु समावेश गरीएको छ । सामाजिक विकास मन्त्रालयले बजेटमा समावेश गरिएको आफ्ना विभिन्न महत्वपूर्ण कार्यक्रमहरु सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको छ ।

सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरीएको आगामी बजेटमा समावेश भएका महत्वपूर्ण कार्यक्रमहरु यस्ता छन् ।

१.कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम, नियन्त्रण र उपचारको तथा गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुर्‍याउन हाल प्रदेश अस्पताल नभएका जिल्लाहरु मध्ये दोलखाको चरिकोट, काभ्रेको मेथिनकोट, ललितपुरको बज्रबाराही र चितवनको रत्ननगर अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गरी सबै जिल्लाका अस्पतालको सेवा विस्तार गर्ने ।

२. क्यान्सर पीडितलाई नेपाल सरकारले दिदैं आएको १ लाख सहायतामा ५० हजार रकम थप गरेर १ लाख ५० हजार प्रदान गरिने ।
३. सबै जिल्लामा डाइलासिस सेवा सन्चालन गर्ने ।
४. बागमती प्रदेशका सबै ६६ निर्वाचन क्षेत्रमा नै स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय तहका थप २१ ओटा स्वास्थ्य संस्थाबाट अस्पताल सेवा सञ्चालन गर्ने ।

५. आमा बुवा दुवै नभएका अनाथ बालबालिकालाई प्रति व्यक्ति मासिक २ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिने ।
६. ३ सय ५९ वटा माध्यामिक विद्यालयमा नर्स सेवा उपलब्ध गराउने ।
७. प्रदेश विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिस्ठान संचालन गर्ने ।
८. पाँच वटा आवसीय विद्यालय सन्चालन गर्ने ।

यो पनि पढ्नुहोस् ।

बागमती प्रदेशको बजेट ५१ अर्ब (हेर्नुहोस् पुर्णपाठ)

राजस्वको भरमा बजेट, कार्यान्यनमा शंका छः बानियाँ

भीमफेदी – कुलेखानी सडक २ लेनमा स्तरोन्नती गरिने

बागमती प्रदेश सरकारको बजेट सार्वजनिक

५० अर्बको बजेट संसदमा प्रस्तुत गर्दै बागमती प्रदेश सरकार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*