राजस्वको भरमा बजेट, कार्यान्यनमा शंका छः बानियाँ

हेटौडा न्युज
१ असार २०७७, सोमबार १९:४१
;

मकवानपुर । नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले बजेट कार्यान्यनमा शंका रहेको प्रतिक्रिया दिएका छन् । बागमती प्रदेश सभामा आज प्रस्तुत गरेको आर्थिक वर्ष ०७७÷७८ को बजेट जनतालाई सपना बाड्ने खालको भएकोले बजेट कार्यान्यनमा शंका रहेको रहेको बताएका हुन् ।

नेता बानियाँले उनले बजेटले अपेक्षा बढी राखेको तर उपलब्धी नहुने बताएका छन् । देश अहिले कोरोना संक्रमणसंग लडिरहेको बेला बागमती प्रदेश सरकारले राजस्व संकलनको अनुमानका भरमा ल्याएको बजेट कायान्वयन संभव नरहेको बताए ।

अहिलेको परिस्थितीमा राजस्व संकलनको अनुमानका भरमा प्रस्तुत भएको बजेट कायान्वयन गर्न असम्भव रहेको बताए । यो विषम् परिस्थितीमा राजसव नउठ्ने भएकाले प्रस्तुत बजेटको कार्यान्वयनमा निकै समस्या रहेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*