सांसद गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाइने

काठमाडौं । समाजवादी पार्टीले पार्टीको ह्विप उल्लंघन गरेको कारण सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी सांसद गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेको तथा पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत कारण हटाउन लागिएको समाजवादी पार्टीले जनाएको छ ।
पार्टीले सांसद गिरीले प्रस्तुत गरेको विधेयक फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। तर सांसद गिरीले पार्टीको ह्वीपको बेवास्ता गरेकालाई उनलाई कार्वाही गरीएको स्रोतले जनाएको छ ।
पार्टी नेताहरु डा.बाबुराम भट्टराई र उपेन्द्र यादव काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने स्रोतले बताएको छ ।
संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।
समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।