बागमती प्रदेश प्रदेश सभा बैठक बस्दै

हेटौडा न्युज
३२ जेष्ठ २०७७, आईतवार ०८:५६
;

मकवानपुर । बागमती प्रदेशको प्रदेश सभा बैठक आज आइतबार २ बजे बस्ने भएको छ । आज बस्ने प्रदेश सभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका बारे छलफल हुने जनाइएको छ ।

प्रदेश सभामा प्रस्तुत गरिने विषय बारे छलफलका लागि प्रदेश सभा अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने बताइएको छ । आज बिहान साढे ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कुन–कुन विषयले प्रवेश पाउने भन्ने बारे निर्णय गर्ने बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले भोलि सोमबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । गत जेठ १३ गते प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*