कुरामा राष्ट्रियता, बजेटमा उपेक्षा

सीमाको कुरा गर्ने सरकारले लिम्पियाधुरालाई बजेटमा उपेक्षा गरेको आरोपः संसद रावल
हेटौडा न्युज
२५ जेष्ठ २०७७, आईतवार १५:०३
;

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रलाई उपेक्षा गरेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीमबहादुर रावलले आरोप लगाएका छन् । सरकारले बजेटमा नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रका लागि बजेट नल्याउनु विडम्बनापूर्ण रहेको बताएका बताएका हुन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बाल्दै संसद रावलले सीमा मिचिएको कुरा गर्ने सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई बजेट छुट्याउन नसक्नु आफैमा लज्जास्पद भएको बताए । उनले मुखले जति नै सीमा सुरक्षाको कुरा गरे बजेटमा राष्ट्रिय सुरक्षालाई बलियो बनाउने कुरा नदेखिएको गुनासो गरेका छन् ।

उनले सरकारले ल्याएको बजेट समाजवाद उन्मुख नभएको, पिछडिएको क्षेत्रलाई अघि बढाउनेतर्फ पनि केन्द्रीत नभएको आरोप लगाए ।

उनले कोरोना संकटपछि बेरोजगारी बढ्ने र उनीहरुलाई कृषि क्षेत्रमा लगाउने ठोस कार्यक्रम नभएको, पर्याप्त बजेट नभएको भनेर कृषि मन्त्रालयले नै गुनासो गर्नु विडम्बनापूर्ण अवस्था रहेको बताएका छन् ।

उनले निजी विद्यालयले सरकारी विद्यालयको शैक्षिक सुधार गर्नुपर्ने विषय बजेटमा कसरी पर्‍यो भन्दै प्रश्न गरेका छन् । स्वयं शिक्षा मन्त्रालयले नै आपत्ति जनाउनुपर्ने विडम्बना कसरी भयो स्पष्ट पार्न माग गरे ।

उनले नेकपाको चुनावी घोषणापत्रको विरुद्ध विद्युतीय गाडीमा किन कर लगाइयो भन्दै अर्थमन्त्रीलाई प्रश्न समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*