हेपाहा व्यापारी र कमजोर प्रशासनका कारण कोरोनाको जोखिममा मकवानपुर

हेटौडा न्युज
२३ जेष्ठ २०७७, शुक्रबार १९:३५
;

मकवानपुर । मकवानपुरमा दिन प्रतिदिन लकडाउन उलंघन गरि पसल तथा व्यवसाय संचालन गर्नेको संख्या बढ्दै गएको छ । लकडाउन कार्यान्वयन गराउन जिल्लाको सुरक्षा समितीले प्रत्येक चोक चोकमा बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ तर लकडाउन अवज्ञाका घटना झनै बड्दै गएको छ ।

कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न भनेर सरकारले गत चैत ११ गते देखि लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण आम नागरिक प्रभावित भएका छन् ।

करिब ७५ दिन देखि जारी रहेको लकडाउनमा अत्यावश्यक वस्तु वा सेवा क्षेत्र मात्रै सुचारु राख्ने संघीय सरकारको निर्णय छ । तर, हेटौंडामा भने केही दिन यता सबै पसलहरु खुलेका छन् ।

मकवानपुर प्रशासनले बिहानको समय अत्यावश्यक सामग्री खरिदका लागि समय छुटाएको छ । सो समयमा हेटौंडामा बाक्लै भिड जम्मा हुने गरेको छ । हेटौंडाको मुख्य बजार क्षेत्रमा त झन भिड नियन्त्रण गर्न प्रहरिलाई नै हम्मे हम्मे पर्छ ।

मकवानपुरमा बिहान मात्र नभइ दिउसोको समयमा पनि पसलहरु खुल्ने गरेका छन् ।

लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयमा दैनिक रुपमा कमाण्ड पोष्टको बैठक समेत बस्ने गरेको छ । दैनिक रुपमा बस्ने गरेको बैठकले लकडाउनलाई थप कडाईका साथ कार्यान्वयन गराउन विभिन्न निर्णय पनि गर्ने गरेको छ ।

कमाण्ड पोष्टकै सदस्य मकवानपुर उद्योग वाणिज्य संघबाट लकडाउनको उलंघन हुने गरेको छ । संघका पदाधिकारी व्यवसायीका नेताहरु नै बजार खोल्न उर्दी जारी गर्दै बजारको चोक चोकमा हिड्ने गरेका छन् ।

संघका प्रतिनिधि पनि बैठकमा उपस्थित हुन्छन्, निर्णयमा हस्ताक्षर पनि गर्छन्, तर बैठकपछि बजार आएर पसल खोल्न व्यवसायीहरुलाई आग्रह पनि गर्छन् ।

उता मकवानपुर प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल भने प्रहरी लगाएर तत्काल लकडाउन कडा बनाउने आश्वासन दिने गरेका छन् ।

यसरी जिम्मेवार संघको लापरबाही र प्रशासनको आश्वासन कै भरमा मकवानपुरमा कोरोना महामरी फैलने निश्चित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*