म्यानमारबाट फर्किएका फर्किएका नेपाली बसुन्धराको होल्डिङ सेन्टरमा

हेटौडा न्युज
२३ जेष्ठ २०७७, शुक्रबार १४:३१
;

काठमाण्डौ । सरकारले विदेशमा रहेका नेपाली नागरीकलाई फर्काउने कार्य सुरु गरेको छ । कोरोनाका कारण समस्यामा परेका नेपालीलाई शुक्रबारदेखि उद्धार गर्न थालिएको हो ।

म्यानमारबाट २६ जना नेपालीलाई उद्दार गरी शुक्रबार स्वदेश ल्याइएको छ । म्यानमरबाट उद्धार गरेर ल्याइएका नेपालीलाई बसुन्धराको ‘होल्डिङ सेन्टर राखिएको छ ।

विदेशमा स्वास्थ्य परीक्षण गराएर नेगेटिभ भएकाहरुलाई यसरी ल्याइएको हो । उनीहरुको होल्डिङ सेन्टरमा पनि स्वास्थ्य परीक्षण गरिनेछ । स्वास्थ्य परीक्षणमा ठिक देखिएमा मात्र जिल्ला सदरमुकाम लगेर क्वरेण्टाइनमा राखिनेछ ।

सरकारले यूएईबाट पनि शुक्रबार नै १ सय ६८ जना नेपालीलाई ल्याउने तयारी भैरहेको छ ।

काठमाण्डौमा तीन, ललितपुरमा दुई र भक्तपुरमा दुई ‘होल्डिङ सेन्टर बनाइएको छ । काठमाडौँ र ललितपुरमा दुई होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*