हेटौंडाकी एक महिलामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । हेटौंडाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका–४ घर भएकी ६१ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सैक्रमित महिला काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत रहेकी छिन् । उपचारकै क्रममा ती महिलामा कोरोना संक्रमण देखिएको हो ।
थप उपचारका लागि संक्रमित महिलालाई पाटन अस्पतालमा लगिएको छ । पाटन अस्पतालका अनुसार संक्रमित महिलालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।