९ वटा सरकारी निकायद्वारा ४ अर्ब ८१ करोड बजेट फिर्ता

हेटौडा न्युज
७ जेष्ठ २०७७, बुधबार २१:४९
;

अर्थमन्त्रालयमा ४ अर्ब ८१ करोड ७० लाख ४४ हजार ७ सय ९१ रुपैयाँ बजेट फिर्ता भएको छ । विभिन्न ९ वटा सरकारी निकायमध्ये सबैभन्दा बढी रक्षा मन्त्रालयले फाष्ट ट्याक तर्फ २ अर्ब ८३ करोड ६६ लाख ५२ हजार र रक्षा मन्त्रालयबाटै ५ करोड ६१ लख २३ हजार २ सय ३१ रुपैयाँ अर्थमन्त्रालयमा बजेट फिर्ता भएको छ । 

उर्जा, जलस्रोत तथा  सिचाँइ  मन्त्रालयले ५१ करोड ५७ लाख ९२ हजार ५ सय ६० रुपैयाँ फिर्ता गरेको छ भने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट ७२ करोड ६२ लाख ५० हजार,  परराष्ट्र मन्त्रालयबाट ३५ करोड ९१ लाख ६५ हजार, निर्वाचन आयोगबाट २० करोड ३१ लख रुपैयाँ, राष्टपति कार्यालयबाट ९ करोड ५० लाख राष्टिय प्रकृति स्रोत तथा वित्त आयोगबाट १ करोड रुपैयाँ, सार्वजनिक खर्च वित्तिय उत्तरदायित्वको सचिवालयबाट ९९ लाख ६२ हजार रुपैयाँ फिर्ता भएको अर्थमन्त्रालयले जनाएको छ । 

सरकारले बजेट कार्यान्वयन गर्न बनाएको कार्य्विधि अनुसार चैत मसान्तसम्म खर्च नभएको र हुन नसक्ने देखिए बजेट फिर्ता गर्नुपर्नेछ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*