प्रहरीलाई आइजीपी ज्ञवालीको यस्तो निर्देशन

हेटौडा न्युज
७ जेष्ठ २०७७, बुधबार २०:२९
;

दुई जना प्रहरीलाई कोरोना संक्रमण देखिएपछि प्रहरी मुख्यालयले मातहतका सबै कार्यलय र इकाइलाई उच्च सतर्कता अपनाउन लिखित सर्कुलर गरेको छ। कालीमाटी वृत्तका दुईजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार लिखित रुपमा प्रहरी मुख्यालयले उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरेको हो ।  

कारोना संक्रमण बढ्दै गएकाले फ्रन्ट लाइनमा खटिएका सुरक्षाकर्मीलाई कोरोना भाइरसको जोखिमबाट बचेर काम गर्न र कर्तव्य निर्वाहको क्रममा उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरिएको जनाइएकको छ । 

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका अनुसार संक्रमण रोकथामका सबै संभव उपाय अपनाएर जिम्मेवारी निर्वाह गर्न सर्कुलर गरिएको छ ।

प्रहरीले आफ्नो स्वास्थ्यलाई समेत ख्याल गरेर संवेदनशील भएर काम गर्न मुख्यालयले सबै सुरक्षाकर्मीलाई निर्देशन दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*