प्रम ओलीमा सच्चिने छाँट देखिएन, नक्साको ब्याज भजाएर देशलाई बर्बादीमा लैजाने बुझियोः डा.भट्टराई

हेटौडा न्युज
६ जेष्ठ २०७७, मंगलवार २३:२७
;

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखाएको बताएका छन् ।

संघीय संसदमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफमाथि ट्वीटरमार्फत टिप्पणी गर्दै नेता भट्टराईले कोरोना, राष्ट्रियता, लोकतन्त्रका तीन घण्टा लामो व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखिएको टिप्पणी गरेका छन् ।

उनले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नयाँ नक्सा जारी हुनु स्वागतयोग्य भए पनि आफ्नो कमजोरी नस्वीकार्ने प्रधानमन्त्री ओलीले नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने खतरा देखिएको उल्लेख गरेका छन् ।

""

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले लेखेका छन्:- @kpsharmaoli को ३ घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन।कोरोना,राष्ट्रियता,लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो।लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो ”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*