मकवानपुरका संक्रमित भनिएकाको परिक्षण हेटौंडामा गरिएको होइनः इन्चार्ज चौलागाँई

हेटौडा न्युज
६ जेष्ठ २०७७, मंगलवार २३:०१
;

मकवानपुरका एक जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुर जिल्लाका एक जना सहित २७ जनामा कोरोना देखिएको हो । 
संक्रमित मध्ये २४ जना पुरुष र ३ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयका अनुसार झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी २७ जना थपिएका हुन् ।

मकवानपुरका भनिएका संक्रमितको भने ठेगाना मात्र मकवानपुर रहेको हेटौंडा–४ स्थित कर्रा आइसोलेशनका इन्चार्ज भोला चौलागाँईले बताए । मकवानपुरका भनिएका संक्रमितको परिक्षण मकवानपुरमा नभइ अन्य जिल्लाबाट नमुना लिएर परिक्षण गरीएको उनले बताए ।

उनले भने “हामिले पनि परिक्षण गरीरहेका छौं, रिपोर्ट पनि आइरहेकै छ, तर कसैमा पनि संक्रमण देखिएको छैन ।”

शंकास्पद भनिएका ४७ जनाको स्वाबको रिपोर्ट समेत नेगेटिभ आएको उनले बताए । हालसम्म ती व्यक्तिको  बारे कुनै पनि जानकारी नआएको उनको भनाई छ । संक्रमित कुन जिल्लामा छन् भन्ने बारे बुझ्ने काम भइरहेको उनले बताए ।   

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*