प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक, कोरोना र सीमा विवाद बारे छलफल हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको बढ्दो संक्रमण र सीमा विवादका विषयमा छलफल गर्न सर्वदलिय बैठक बोलाएका छन्। नेपालमा पछिल्ला दिनमा बढ्दै गएको कोरोना भाइरस र सीमा विवादका विषयमा छलफल गर्न बुधबार प्रधानमन्त्रीले सर्वदलिय बैठक बोलाएका हुन् ।
प्रधान्मन्त्री आलीले आज अपरान्ह साढे चार बजेलाई बैठक बोलाएका हुन् । बैठकमा राष्ट्रिय दलको मान्यता प्राप्त पार्टीहरुका प्रतिनिधिलाई बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
कायार्मलयका अनुसार बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रमन्त्री र परराष्ट्रविदहरुलाई समेत बोलाइएको छ।
गत शुक्रबार भारतले नेपालको कालापानी क्षेत्रमा मानसरोवर जोड्ने सडक निर्माण गरेको थियो। त्यसयता नेपाल–भारतबीच सीमा विवाद चर्किएको छ। भारतको उक्त कदमलाई लिएर नेपालमा सदनदेखि सडकसम्म विरोध भइरहेको छ।