नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो

हेटौडा न्युज
२९ बैशाख २०७७, सोमबार १९:५९
;

सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं ३ का १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो युवकलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको बताएका छन् । संक्रमित ती युवक स्वास्थ्यकर्मीहरुको सम्पर्कमा नै रहेको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या १सय २१ जना पुगेको छ । आज मात्रै कपिलवस्तु जिल्लामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*