संसदमा सांसद गगन थापाको कविता

हेटौडा न्युज
२९ बैशाख २०७७, सोमबार १८:४३
;

प्रमुख प्रतिपक्षी दल नेपामली काग्रेसका सांसद गगन थापाले संसदमा कविता मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । भारतले नेपाली भुमि हुँदै चिनको मानसरोबर जाने बाटो बनाएर उद्घाटन र विदेशमा अलपत्र परेका नागरिकहरुको पीडामा सरकारले कुनै पनि काम नगरेको भन्दै संसदमा नेता थापाले कविताबाटै प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।

 ‘छैन यहाँ देशको नक्सा मेटिएको, न त लिपुलेकलाई डोजरले रेटिएको, यस्तो सबल सरकार छ सीमा कसले मिच्ने, कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने ।’’ थापाले कविताको पहिलो हरफमा भनेका छन् ।

थापाले कोरोना महामारीको समयमा गरिब जनताले राहत नपाएको, विदेशमा अलपत्र परेका नागरिकहरुको आवाज सरकारले नसुनेको भन्दै ब्यंग्य गरेका छन् ।

थापाले संसदमा वाचन गरेको कविता यस्तो छः

म त भाग्यमानी

छैन यहाँ देशको नक्सा मेटिएको

न त लिपुलेकलाई डोजरले रेटिएको

यस्तो सबल सरकार छ सीमा कसले मिच्ने

कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने

सयौँं कोस हिड्दा पनि श्रमिक छैनन आहत्

गरिबलाई सम्मान छ गरिबलाई राहत

विदेशमा कोही पनि अलपत्र छैनन्

दुःख पीडा सुनाउने ती नेपाली नै होइनन् ।

जनताको ब्यथालाई ध्यान दिएर सुन्ने 

कृषक साना व्यापारीको सारै मर्म बुझ्ने

भ्रष्टाचारलाई नसहने सरकारको छ नि

हावादारी हल्ला हुन ओम्नी र यती

सबैतिर वाह वाह यस्तो विकास देख्दा

पत्रकार नि दंग छन् यी समाचार लेख्दा

कोमल हृदयका प्रधानमन्त्री आँसु कवि हाम्रा

दिन नबिराइ सिर्जना छ, आहा कति राम्रा

राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला

गीत कविता भट्याउँदै कालापानी जाउँला

सारा नेपाल हाँसेको छ मेची काली गाउँछ ।

आँसु आए बरु त्यही गीतले आउँछ ।

यस्तो नायक गजबका ल्यायौँ जानी जानी

ओहो हामी नेपाली त सारै भाग्यमानी

आ हो साह्रै भाग्यमानी, म त भाग्यमानी ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*