नेपालको सबै भूभाग समेटेर नक्सा जारी गर्न सरकारसँग माग गर्दै नेता नेपालको विज्ञप्ति

हेटौडा न्युज
२८ बैशाख २०७७, आईतवार २१:२७
;

भारतले नेपाली भूमि लिपुलेक हुँदै चिनको मानसरोबर सम्म जाने सडक निर्माण गरेको प्रति सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आपत्तिजनक जनाएका छन् । भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दुःखद भएको भन्दै आपत्ति जनाएका हुन् । 

नेकपाको विदेश विभाग प्रमुखका हैसियतमा नेता नेपालले आइतबार विज्ञप्ति जारी गर्दै भारतले दुई देशका बीचमा यस अघि भएका सम्झौताको उल्लंघन समेत गरेको बताएका छन्।

कोरोना महामारीविरूद्ध लडिरहेका बेला भारतले दुई देश बिचको सन्धी सम्झौता विपरीत नेपाली भुमी हुँदै सडक निर्माण गर्नु दुःखद भएको जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।

उनले यसबाट दुई देशका बीचमा यसअघि भएका सम्झौता र सहमतिको गम्भीर उलंघन हुनुका साथै नेपालको सार्वभौमिकता र अखण्डता माथि प्रहार भएको महशुस भएको जनाएका छन् । 

अनधिकृत रूपमा राखेका सुरक्षाकर्मी र बाटो निर्माण गर्नु सन्धी विपरीत भएकोले उनले नेपाली भूमिभित्र कुनै पनि संरचना निर्माण नगर्न भारतलाई आग्रह गरेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*