सांसदलाई तलब दिने सरकारले श्रमिकलाई राहत दिएनः डा. भट्टराइ

हेटौडा न्युज
२६ बैशाख २०७७, शुक्रबार २३:३३
;

सरकारले आफ्नो छबि राम्रो नभएको जनता समाजवादी पार्टी नेपालका डा.बाबुराम भट्टराईले बताएका छन् । प्रतिनिधि सभाको बजेट अधिवेशनको पहिलो दिन संसदमा सम्बोधन गर्दै सरकारले आफ्नो राजनीतिक छबि बिगारेको आरोप लगाएका हुन् ।

सरकारसंग स्पष्ट बुमत हुदाँहुदै अध्यादेश किन ल्याइयो भन्ने प्रश्न उठेको बताउदै यसले ठुलो अनिष्टको संकेत गरेको उनले बताए । उनले सरकारको छबि राम्रो नभएको बताउदै राजनीति गर्ने सबै खाराब भन्ने प्रवृति बढेले नेतृत्वमा रहेका व्यक्तिहरुले बेलैमा ध्यान दिनुपर्ने बताए । अर्को पार्टी फुटाउन अध्यादेश ल्याएको भनेर पार्टी बैठकमा प्रधानमन्त्रीले भनेको विषयले झन नैतिक संकट देखा परेको उनको भनाई छ । 

 दल विभाजन गर्ने र संसद् अपहरण गर्ने काममा रहेको भन्दै भट्टराईंले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् ।

उनले भने ‘रोगले जीर्ण भएको शरीरलाई आराम दिनुपर्छ,’ भट्टराईले बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै भने, ‘यो लोकतन्त्र र तपाईं आफ्नै छवि बचाउनका लागि पनि तपााईंले राजीनामा दिनुपर्ने हुन्छ।’

डा. भट्टराईले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले ल्याउन कुनै पहल गर्न नसकेको आरोप लगाए । हजारौं श्रमिकहरु रुदै घर जादा सरकार टुलुटुलु हेरेर बसेको उनको आरोप छ ।

लकडाउनका बेलामा सांसदहरुले तलब खाने तर श्रमिकलाई केहि राहत नदिने भन्दै यो सरकार कम्युनिष्ट सरकार नभएको बताए ।

डा. भट्टराईले अब यस्तो परिस्थितिमा एसईई परिक्षा लिन नहुने बताउदै विद्यालयले ग्रेड दिएर उनीहरुलाई उच्च शिक्षा पढ्ने तयारी गर्न लगाउनु पर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*