सांसद ‘अपहरणको यथार्थ सबैले थाहा पाउनु पर्छः नेम्वाङ

सरकारले समाजवादी पार्टीका सांसद ‘अपहरण’को घटनाको यथार्थ संसदमा जानकारी गरान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले माग गरेका छन् । शुक्रबार संसदको छैठौं अधिवेशन प्रारम्भ भएको अवसरमा प्रतिनिधि सभामा सम्बोधन गर्दै नेम्वाङले सांसद अपहरण बारेको यथार्थ अन्य संसदले थाहा पाउनु पर्ने बताएका हुन् ।
उनले संविधान कार्यान्वयन गर्नु दलहरुबीच सहमति आवश्यक रहेको र शान्ति प्रक्रियासम्बन्धी विधेयक टुंगो लगाउनु पर्ने बताए ।
विश्वव्यापी महामारी बनेको कोरोनाको असरलाई न्यूनिकरण गर्न अहिलेको अधिवेशनले महत्वपूर्ण काम गर्नुपर्ने उनले बताए ।
नेता नेम्वाङले सरकारले लकडाउन समयमै गरेका कारण अहिले नेपालमा कोही पनि भेन्टिलेटरमा नरहेको दाबी पनि गरे । उनले सरकारले लकडाउनका कारण विदेशमा रहेका नेपालीलाई छिट्टै फिर्ता ल्याउने अपेक्षा व्यक्त गरे ।