सचिवालय बैठकबाट बाहिरिए प्रधानमन्त्री

हेटौडा न्युज
२४ बैशाख २०७७, बुधबार २३:१६
;

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा सचिवालय बैठक जारी रहेका बेला बैठकबाट बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहदा प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएका हुन् ।

स्रोतका अनुसार बैठक चलिरहेका बेला प्रधानमन्त्री एक्कासी बाहिर निस्केका थिए । 

नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि प्रधानमन्त्री ओली बाहिरिएको स्रोतले बताएका हुन् । नेकपाको भोलिदेखि सुरु हुने स्थायी कमिटीका एजेन्डा तयार पार्न सचिवालय बैठक बोलाइएको थियो ।

प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*